जहाँ ढुङ्गा आफै हिँड्छन्

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ । संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ ।


रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् । र आफ्नो छाप पनि छोड्छन् । यो छाप देख्दा मरुभूमिको धुलोमा गाडीले छाप छोडेको जस्तो लाग्छ । जुन रहस्य अझै पत्ता लाग्न सकेको छैन ।

यहाँका ढुङ्गाहरू कसरी आफैँ हिँड्छन् भन्ने बारेमा धेरै वैज्ञानिकहरूले अनुसन्धान गरे तर उनीहरूका लागि अझै यो रहस्यमय नै बनेको छ ।

यहाँ धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू हेर्न आउने गर्छन् । यो पूरै दुई सय २५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । अझसम्म यी ढुङ्गाहरू हिँडेको कसैले देखेका छैनन् । तर, यी ढुङ्गाहरू सरेपछि लामो लाइन छोड्छन् । यी छापहरूले देखाउँछ कि ढुङ्गाहरू एक ठाउँबाट अर्को ठाउँमा सर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!