यी रोचक तथ्य: जान्दा झन् अचम्म !

Posted on: 23 Feb, 2024

काठमाडौँ | के तपाईंलाई थाहा छ ? विश्व प्रख्यात तस्बिर ‘मोनालिसा’ मा आँखिभौं छैनन् । बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ । यस्तै–यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन् । तर हामीले त्यसलाई मतलब गर्दैनौं । हामी सबै आ–आफ्नै जीवनमा व्यस्त छौं । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । 

जान्नुहोस् यी रोचक तथ्य :

१. छेपारोले एकैसाथ दुई आँखाले दुई फरक दिशातिरको वस्तु देख्छ ।

२. खाना पचाउनका लागि पेटमा उत्पादन हुने एसिडले फलाम पगाल्छ ।

३. मह शताब्दीसम्म पनि कुहिँदैन ।

४. शंखेकीरा ३ वर्षसम्म निदाएको निदाइरहनसक्छ ।

५. पानी नखाएर उँटभन्दा जिराफ बढी बाँच्नसक्छ ।

६. स्याउ, बदाम, आरू र चेरी गुलाब वर्गभित्र पर्छन् ।

७. एक सार्क माछाको जीवनकालमा झर्दै र उम्रँदै गर्दा ३० हजार दाँत फेरिन्छन् ।

८. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने एक जनाको सिरानीको खोल बन्छ ।

९. विश्व प्रख्यात तस्बिर ‘मोनालिसा’ मा आँखिभौं छैनन् ।

१०. सामुद्रिक प्राणी अक्टोपसका तीनवटा मुटु, नौवटा दिमाग हुन्छन् ।

११. एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ पुल भरिने थुक उत्पादन गर्छ ।

१२. विश्वको सबैभन्दा ठूलो रोजगारदाता ३० लाख जना रोजगार रहेको अमेरिकाको रक्षा मन्त्रालय हो ।

१३. एक जना मानिसको शरीरमा जीवनभर जम्मा हुने बोसोबाट दुई कार्टुन साबुन बनाउन सकिन्छ ।

१४. सलाई भन्दा १० वर्षअगाडि नै लाइटरको आविस्कार भएको थियो ।

१५. मानिसको शरीरमा व्यान, उदान, प्राण, समान, अपान गरी पाँचवटा प्राण हुन्छन् ।

१६. मानिसको उत्पत्ति अफ्रिकामा भएको हो । त्यहाँबाट संसारभर फैलिएको हो ।

१७. हिमालय पर्वत सबैभन्दा कान्छो पर्वतमाला हो ।

१८. युरेसियन प्लेट इन्डोअस्ट्रेलियन प्लेट एकापसमा जुध्दा टेथिस सागरको पिँध माथि उठेर नेपाल बनेको हो ।

१९. दक्षिण एसियामा सबैभन्दा पहिले बिजुली निकाल्ने मुलुक नेपाल हो ।

२०. सगरमाथा हरेक वर्ष २ मिलिमिटर अग्लो हुँदै गइरहेको छ ।

२१. अस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छ ।

२२. जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन् ।

२३. हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन ।

२४. बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ ।

२५. चराचुरुङ्गीले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन् ।

२६. स्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छ ।

२७. पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।

२८. एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।

२९. उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।

३०. दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!