फुटेर सिसा जस्तै छरियो तारा

Posted on: 08 Jan, 2024

पुस २३, काठमाडौँ | यो ब्रम्हान्ड रहस्यै रहस्यले भरिएको छ ।  हरेक दिन ब्रह्माण्डमा नयाँ नयाँ तारा फेला परिरहेका छन् । वैज्ञानिकहरूले सार्वजनिक गर्ने तस्बिरमा कहिले सुन्दर ब्रह्माण्ड देख्न पाइन्छ त कहिले विकराल । भर्खरै वैज्ञानिकहरूले शेयर गरेको तस्बिर र भिडियो पनि यस्तै छ ।

युरोपको अन्तरिक्ष एजेन्सी (ईएसए)ले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा केही तस्बिर र भिडियो शेयर गरेको छ । यसले अन्तरिक्षको अहिलेसम्म नदेखिएको अनि अविश्वसनीय दृश्य देखाएको छ । जेम्स वेब टेलिस्कोपले खिचेको यो फोटोले ताराको सुपरनोभा अवशेषलाई देखाएको छ । यो तारा विस्फोट भएर सिसा जस्तै गरी छरिएको भिडियोमा देख्न पाइन्छ ।


‘सुपरनोभा अवशेष कैसिओपिया ए (कैस ए)मा भएको हिंस्रक विस्फोटलाई यी वेबलेञ्थले यस अघि देख्न नपाइएको नीयर इन्फ्रारेड भ्यूमा देखाएको छ ।’ पोस्टमा भनिएको छ । यो हाई–रिजोलुसन लुकले विस्फोट हुनु अघि ताराको विस्तारित सेलको जटिल विवरण देखाएको बताइएको छ ।

यो पोस्टमा हजारौँ लाइक र भ्यु आएको छ । यो पोस्टमा टन्नै कमेन्ट पनि आइरहेको छ । फोटो नबुझेको भएपनि दृश्य सुन्दर भएको एक युजरले कमेन्टमा लेखेका छन् । अर्का एक जनाले भने हाम्रो पर्यावरण कति विशाल छ भन्ने कुरा वास्तवमा डरलाग्दो भएको अनि यसले हरेकलाई बृहत् स्तरमा  सोच्न बाध्य बनाउने लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!