विज्ञानको नयाँ अनुसन्धान : सुँगुरको मृगौला मानिसको शरीरमा दुई महिनासम्म चल्न सफल

Posted on: 15 Sep, 2023

एजेन्सी | विज्ञानको चरम विकाससँगै नयाँ-नयाँ आयामहरु संसारमा थपिने गर्छन् । जसमा कतिपय त अचम्मै लाग्दा घटना पनि हुन्छन् । गतवर्ष जनवरी ७ मा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको थियो । यसपालि भने सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरी सामान्य अवस्थामा सिर्जना गर्न वैज्ञानिकहरुले सफलता हात पारेका छन् ।

वैज्ञानिकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेर मानिसको शरीरमा दुई महिनासम्म सामान्य क्रिया गराउने सफलता हात पारे । यसरी मानिसमा अन्य प्रजातिको अंगले काम गरेको सबैभन्दा लामो समय यही हो ।


गत जुलाईमा न्यूयोर्क युनिभर्सिटी ल्याङगोन हेल्थका अनुसन्धानकर्ताहरुले ब्रेन ट्यूमर र करिब ब्रेन डेथको अवस्थामा गुज्रिरहेका ५८ वर्षीय मौरिस मिलर- मोको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेका थिए । प्रत्योरोपण गरिएको अंग बुधबार ६१ दिनको अध्ययन पछि निकालिएको थियो ।

त्यसपछि अनुसन्धानकर्ताहरुले यसको प्रभावबारे विश्लेषण गरेका छन् । जसमा साधारणतया मृगौलाले स्वभाविक फंक्सन गरेको उनीहरुको भनाइ छ । तर नयाँ खालको कोषीय परिवर्तन पनि मानिसमा देखिएको थियो जसका लागि इम्यूनोसप्रेसन मेडिकेशन जरुरी भएको थियो ।

‘हामीले विगत दुई महिनाको सघन अवलोकन र विश्लेषणबाट ठूलो पाठ सिकेका छौं जसबाट भविष्यमा आशावादी हुनुपर्ने ठूलो कारण रहेको छ’, न्यूयोर्क युनिभर्सिटी ल्याङगोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक एवम् सर्जरी विभागका हेड डा. रोबर्ट मोन्टगोमेरीले बताए ।

त्यस्तै, अगस्टमा अलाबमा युनिभर्सिटीमा गरिएको अनुसन्धानले सुँगुरको मृगौलाले मानिसमा पिसाब उत्पादन मात्र नभएर जीवन्त राख्ने मृगौलाको कार्य समेत गरेको जसमाा फोहोर छान्नेलगायत कार्य गरेको जामा सर्जरी जर्नलमा प्रकाशित लेखमा उल्लेख छ ।

यसरी सुँगुरको मृगौलाले मानिसको शरीरमा सामान्य तवरले काम गर्न सकेमा लाखौं मानिसलाई राहत हुने वैज्ञानिकहरु बताउँछन् ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!