राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

Posted on: 11 Apr, 2024

चैत २९, काठमाडौँ । राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई बुधबार गुजरात टाइटन्सविरुद्धको खेलमा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।

जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले सात विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । अन्तिम ओभरमा निर्धारित समयभन्दा पाँच मिनेट ढिलो भएकाले आरआरलाई मैदानमै पेनाल्टी लगाइएको थियो। 

यसअघि लगातार दुई खेलमा ‘स्लो ओभर रेट’ कै कारण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले पनि पहिलोपटक गल्ती गर्दा १२ लाख र दोस्रो पटक गल्ती गर्दा २४ लाख गरी कुल ३६ लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् । यसका अतिरिक्त गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ का कारण १२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!