बरोडाविरुद्ध नेपालको राम्रो सुरुआत, बरोडाले गुमायो चौंथो विकेट

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ |  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेलिरहेको छ।

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।


नेपालले बरोडाविरुद्ध चौँथो सफलता हात पारिसकेको छ। हालसम्मको अवस्थामा बरोडाले १३ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ।

एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको नेपाल आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!