आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा नेपालको क्लीन स्वीप

Posted on: 26 Mar, 2024

चैत १३, काठमाडौँ |  नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लीप स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्बाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र बिबेक यादवले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!