नेपालले ५ ओभरमा ३७ रन बनाएर गुमायो तेस्रो विकेट

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ बिरुद्द नेपालले ३ विकेट गुमाएको छ । 

नेपालले ५ ओभरमा ३७ रन बनाएर गुमायो विकेट ३ विकेट गुमाएको हो।

पहिलो विकेटका रूपमा नेपालले ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए । ३.२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो । 

नेपालले दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा कप्तान रोहित आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो । उनी चार रन बनाउँदै पेभेलियन फर्किए । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!