पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ

Posted on: 19 Mar, 2024

चैत ६, काठमाडौं | एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोप लागेकाहरु अर्जेन्टिनाको प्रिमियम डिभिजन फूटबल क्लब बालेस सार्सफिल्डका खेलाडीहरु हुन् ।


उरुग्वेका गोलकिपर सेबास्टियन सोसा (३७ वर्ष), पाराग्वेका मिडफिल्डर जोसे फ्लोरेन्टिन (२७ वर्ष ) र अर्जेन्टिनाका ब्रायन कुफ्रे (२७ वर्ष, डिफेन्डर) र एबिल ओसोरियो (२१ वर्ष , स्ट्राइकर) – चार खेलाडीलाई न्यायाधीशले निर्णय नगरेसम्म ४८ घण्टा हिरासतमा राख्न आदेश दिएको छ। उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्छ । बलात्कार भएको आरोप लाउने २४ वर्षकी खेल पत्रकारले आफूलाई एक खेलाडीले बोलाएर बलात्कार गरेको बताएकी छन् ।

आफू मदिराले मातेको समयमा आफूमाथि बलात्कार भएको उनको आरोप छ । आरोप लागेका खेलाडीहरुले भने आरोप अस्वीकार गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!