रोनाल्डोको गोलमा अल नासरको सानदार जित

Posted on: 16 Mar, 2024

चैत ३, काठमाडौँ | साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि पोर्चुगिजका फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गरेको गोलसँगै अल नासरले जित निकालेको हो ।

यो जितसँगै अल नासर २४ खेलबाट ५६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।  पराजित भएको अल अहली ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!