नेपालले आज मलेसियासँग अभ्यास खेल खेल्दै

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने भएको छ ।


अखिल नेपाल फुटबल संघका अनुसार, नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल बन्द रंगशालामा खेलिने छ । उक्त खेलमा दर्शकलाई प्रवेश दिइने छैन । उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण पनि गरिने छैन । अनौपचारिक अभ्यास खेल खेल्न मलेसिया पुगेको नेपाली टोलीमा खेलाडी र प्रशिक्षकका अतिरिक्त ठूलो सँख्यामा पदाधिकारीहरु पनि छन् । मलेसिया पुगेको नेपाली टोलीमा १० जना पदाधिकारी छन् ।

अनावश्यक रुपमा ठुलो सँख्यामा पदाधिकारी मलेसिया पठाएपछि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबिचको दुबै खेल बहराइनमै खेलिने छ । नियम अनुसार, नेपालले एउटा खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हुन्थ्यो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै दुबै खेल बहराइनमा खेलाउन लागिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!