पिएनजीविरूद्ध नेपालको खराब ब्याटिङ

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौं विकेट गुमाएको छ ।

नेपालले १४ ओभरमा सात विकेट गुमाएर ७६ रन बनाएको छ ।

 सातौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २० बलमा दुई चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सेसे बउले बोल्ड गरेका हुन् । १३.५ ओभरमा आरिफ आउट हुँदा नेपालले ७६ रनमात्र बनाउन सकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!