नेपालले गुमायो दोस्रो विकेट, ६ रन बनाएर आउट भए भुर्तेल

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल छ रन बनाएर काबुआ मोरेयाको बलमा बोल्ड भएका हुन् ।

नेपालले दुई विकेट गुमाउँदा १६ रन बनाएको छ । यसअघि विनोद भण्डारी ४ रन बनाएरमोरेयाको बलमा नै बोल्ड भएका थिए ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!