नेपालको पहिलो विकेट पतन

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । विनोद भण्डारी ४ रन बनाएर काबोआ मोरेयाको बलमा बोल्ड भएका हुन् ।

नेपालले एक विकेट गुमाउँदा ५ रन बनाएको छ । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!