पीएनजीविरुद्ध कुशल भुर्तेलले लिए ३ विकेट

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ | हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पिएनजीविरुद्ध नेपालका कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेका छन् ।

उनले ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर ३ विकेट लिए ।

यसअघि कुशलले मंगलबार भएको खेलमा पीएनजीको ४ विकेट लिएका थिए ।

कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगालाई १४ रनमा आउट गरेका थिए । नेपालका ओपनर ब्याटर रहेका कुशल पछिल्लो समय स्पीनर बलिङमा जम्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!