अविनाश बोहराले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ । डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् ।


उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए । १५.२ ओभरमा विक्रमजित आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!