नेपालको दोस्रो विकेट गुम्यो, २५ रनमा आउट भए रोहित

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा स्कट एडवार्ड्सबाट क्याच आउट भएका हुन् । 

उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर ८२ रन जोडेको छ । चौथो नम्बरमा गुलशन झा आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!