फाइन प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्डबीच खेल हुँदै

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा बहान ११:३० बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ ।

नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुई जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल ४ खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!