नेदरल्यान्डको कसिलो बलिङ, पाँच रनमै पेभेलियन फर्किए गुलसन झा

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो । 

गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।


टस जितेर बलिङ रोजेको नेदरल्यान्डका लागि बलरहरुले कसिलो बलिङ गरिरहेका छन्। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्यान्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएका छैनन्।

नेदरल्यान्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले २–२ विकेट तथा भानडर मेर्वे र बस डिलिडेले १–१ विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो। लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्यान्ड १–१ खेल जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!