इङ्ल्याण्डमाथि भारत ४३४ रनले विजयी

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौँ | भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो ।

दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट लिएका थिए ।


भारतले यस टेस्टको पहिलो इनिंगमा ४४५ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो । पहिलो इनिंगमा १२६ रनको अग्रता बनाएको भारतले दोस्रो इनिंगमा ४३० रन बनाएर इनिंग घोषणा गर्दै इङल्याण्डले ५५७ रनको लक्ष्य पाएको थियो ।

यस टेस्टमा भारतका यशस्वी जैसवालले दोस्रो इनिंगमा २१४ रन बनाएका थिए ।

योसँगै ५ खेलको टेस्ट सिरिज २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!