भोलिदेखि सुरु हुने लिग २ को टिकट बुकिङ खुला, टिकट मूल्य क्यानडा सिरिजभन्दा सस्तो

Posted on: 14 Feb, 2024

फागुन २, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को टिकट बुकिङ खुला गरेको छ।

बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत क्यानले लिग २ को टिकट बुकिङ खुला गरिएको जनाएको हो।

आइएमई पे बाट काट्न सकिने टिकटमूल्य २ सय रुपैयाँ तोकिएको छ। यसअघि क्यानडा सिरिजको टिकट मूल्य २५० रुपैयाँ तोकिएको थियो।

यद्यपि शनिबार भएको दोस्रो एकदिवसीय खेलको टिकट मूल्य भने घटाएर २ सय रुपैयाँ कायम गरिएको थियो।

लिग २ अन्तर्गत नेपालले पहिलो खेल बिहीबार नामिबियासँग खेल्दैछ। खेल विहान सवा ९ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!