क्यानडाविरुद्ध शृङ्खलामा नेपालको शानदार जीतसँगै क्लिन स्वीप

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले क्यानडालाई ९ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।

पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पारि खेले । साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए ।

नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!