वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप

Posted on: 06 Feb, 2024

माघ २३, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।

मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।


अस्ट्रेलियाका लागि जेक फ्रासर म्याक गर्कले सर्बाधिक ४१ रन बनाए भने जोश इन्ग्लिशले ३५ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज भने ८६ रनमै अल आउट भएको थियो । वेस्टइन्डिजले २४.१ ओभरमा अलआउट हुदै ८६ रन बनाएको थियो । वेस्टइन्डिजका लागिअलिक अथनाजेले सर्बाधिक ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका

बलर जेभियर बार्टलेटले ४ विकेट लिए भने लान्स मोरिस र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज ३-० ले जितेर क्लीनस्वीप गरेको छ । यो सिरिजपछि अब टी-२० सिरिज शुरु हुने छ । सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!