वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको ३-० गोलको शानदार जित

Posted on: 05 Feb, 2024

माघ २२, काठमाडौँ | ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।


यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!