नेपालविरुद्ध भारतले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनायो

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनाएको छ ।

भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए ।


भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो । नेपालविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतका लागि आर्सिन कुलकर्णी १६ र प्रियांशु मोलिया ११ रन बनाउँदै क्रिजमा छन् ।

‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो । यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!