रोनाल्डोको अल नासरसँग मेस्सीको क्लब इन्टर मियामीको लज्जास्पद हार

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ ।

गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो ।


अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।

इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो |

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!