ओसासुनामाथि बार्सिलोनाको सानदार जित

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।


यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।

त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!