क्रिकेटर अविनाश बोहराले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं |  क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् ।

केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् ।


बोहरा राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । उनी घरेलु प्रतियोगिताहरु एपीएफ क्लबबाट खेल्दै आएका छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!