नेपाल सुपर लिग: आज दुई नयाँ टोली झापा र इलामबीच खेल हुँदै

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच खेल हुँदैछ । यी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । नयाँ टोली इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । 

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् । प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!