भुर्तेलको शानदार शतकमा पुलिस क्लबले दियो मधेशलाई १७६ रनको लक्ष्य

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | मदन भण्डारी स्पोर्टस् एकडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १७६ रनको चूनौति प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा १७५ रनको विशाल योगफल खडा गरेको हो । पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन जोड्यो ।

पुलिसका लागि शानदार शतक प्रहार गरेका भूर्तेलले ५७ बलको सामना गर्दै ७ छक्का र ८ चौका हिर्काउँदै १०२ रन बनाएका छन् । भुर्तेल जारी प्रतियोगीतामा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन । भुर्तेलका ओपनर सविन धमलाले ४५ रन तथा करण केसीले १६ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ मधेशका विशाल पट्टेल र विसाल सुसलिंगले समान २ विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!