नेपाल सुपर लिग: आज धनगढी नयाँ टिम वीरगन्जसंग भिड्दै

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग  भिड्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो । बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै ललितपुरले प्रतियोगितामा शानदार जित निकालेको हो ।

हिजै भएको अर्को खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले हराएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!