रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

Posted on: 25 Nov, 2023

मङ्सिर ९, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको दुई गोलमा साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए ।


खेलको १३औँ मिनेटमा नाजेईले अल नासरको लागि सुरुमा गोल गरेतापनि ७७औँ र ८०औँ मिनेटमा गोल गरेका रोनाल्डोले खेललाई ३–० को स्थितिमा पुर्‍याए ।

यो जितसँगै अल नासर १४ खेलबाट ३४ अङ्कका साथ लिगको शीर्षस्थानमा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!