अर्मेनियालाई हराउँदै क्रोएसिया युरोकप २०२४ का लागि छनोट

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबलका लागि क्रोएसिया छनोट भएको छ ।  

गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो ।


क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट एन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई जित दिलाएका हुन् |

जितसँगै ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेता बनेको छ । पराजित भएको अर्मेनिया ८ अंकका साथ चौथो स्थानमा रहेको छ | ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!