सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ ।

समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

कांग्रेस नेतासमेत रहेका विकास ठाकुरले शुक्रबार हुने युएईसँगको सेमिफाइनलमा नेपाललाई जिताउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

‘आईसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत भोलि हुने सेमिफाइनल म्याचमा नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई मेरो व्यक्तिगत तर्फबाट जनही ५०/५० हजार नगद पुरस्कार दिने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख छ ।

शुक्रबार बिहान मुलपानीस्थित क्रिकेट मैदानमा फाइनल यात्राका लागि नेपाल र युएईबीच खेल हुँदै छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!