नेपालले गुमायो छैटौँ विकेट, ३ रनमा आउट भए गुल्सन

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुल्सन झा ३ रन बनाएर आउट भएका हुन् ।

नेपालले ६ विकेटको क्षतिमा ७९ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!