नेपालले गुमायो चौंथो विकेट, १२ रन बनाएर आउट भए रोहित

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । रोहित पौडेल १२ रन बनाएर आउट भएका हुन् ।

नेपालले ४ विकेटको क्षतिमा ५६ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!