ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | टी—२० विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालका लागि बलर करण केसीले ओमानको पहिलो विकेट लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । 

करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!