विश्वकप छनोटमा शतक बनाउने र ५ विकेट लिने खेलाडीलाई २० लाख दिने डिसहोमको घोषणा

Posted on: 01 Nov, 2023

कार्तिक १५, काठमाडौँ | नेपालमा जारी टी-२० विश्वकप छनोटमा शतक बनाउने र ५ विकेट लिने घरेलु खेलाडीलाई डिसहोमले २० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरपछि डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो। एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधवार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!