मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।

नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!