अस्ट्रेलियाविरुद्ध जडेजा चम्किएपछि…

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | विश्वकप क्रिकेट अन्तर्गत भारत तथा अस्ट्रेलियाबीचको जारी खेलमा अस्ट्रेलिया दवावमा आएको छ । ३१ ओभरको खेल समाप्तीमा अस्ट्रेलियाको टीमका आधा खेलाडी अर्थात पाँच खेलाडी आउट भैसकेका छन् । ताजा अवस्थामा अस्ट्रेलियाले ३२ ओभरमा ५ विकेट गुमाएर १३० रन जोड्न सफल भएको छ । अस्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जडेजा चम्किएका छन् । उनले ६ ओभरमा १८ रन दिँदै अस्ट्रेलियाका तीन विकेट आउट गरेका छन् । जडेजाले ४६ रन बनाएका स्टिभ स्मिथ, २७ रन बनाएका मार्नस लाबुसेन तथा शून्य रनमा खेलिरहेका एलेक्स केरीलाई आउट गरेका हुन् । त्यसअघि कुलदीप यादवले अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई ४१ रनमा आउट गरेका थिए भने जसप्रीत बुमराहले मिचेल मार्शलाई शून्य रनमा आउट गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!