एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

Posted on: 12 Sep, 2023

भदौ २६, काठमाडौँ | एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्धको खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन्।

यसअघि सुपर- ४ को पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो जित निकाल्दै भारतले रवाफिलो सुरुवात गर्न सफल भएको थियो। आइतबार वर्षाले प्रभावित बनाएपछि सोमबार पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। मंगलबारनै श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो।


मंगलबार श्रीलंका पहिलो खेलमा बंगलादेशलाई पराजित गरेकाले फाइनल सम्भावना बलियो बनाउन भारतलाई हराउने लक्ष्य सहित मैदान उत्रिंदै छ। सुपर-४ को पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका बलियो भारतलाई हराउँदै आफ्नो कीर्तिमानी एकदिवसीय अन्तराष्ट्रियमा लगातार जित यात्रा कायम राख्न चाहन्छ।

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजे खेल सुरु हुने छ। यि दुई टिम एसियाकपको एकदिवसीय फर्म्याटमा २० औं पटक एकअर्का विरुद्ध भिड्न लागेका हुन्। पछिल्लो पटक २०१४  मा एसियाकपमा प्रतिस्पर्धा गरेका थिए।

समग्रमा भारत र श्रीलंकाबिच अहिले सम्म १ सय ६५ एकदिवसीय अन्तराष्ट्रिय खेल भएको छ जसमा भारतले ९६ खेलमा जित निकाल्दा श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेल नतिजाविहीन भएको छ। एसियाकपको एकदिवसीय फर्म्याटमा १९ खेल हुँदा भारतले ९ र श्रीलंकाले १० खेलमा जित निकालेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!