पाकिस्तानको एकदिवसीय वरियता खस्कियो, अहिले कस्तो छ वरियता ?

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटमा वर्षाका कारण हिजो आइतबार स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । यो खेलअघि आईसीसीको एकदिवसीय वरियतामा परिवर्तन भएको छ ।

अहिलेसम्म एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो नम्बरमा थियो तर अहिले अस्ट्रेलिया नम्बर एकमा आएको छ ।

शनिबार भएको एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १२३ रनको ठूलो अन्तरले पराजित गरेपछि अंकमा फेरबदल भएको थियो र टोली पहिलो स्थानमा पुगेको थियो ।

२५ खेल र ३०१४ अंकसहित अष्ट्रेलियाको टोली पहिलो नम्बरमा छ । 

अहिले कस्तो छ वरियता ?

१. अष्ट्रेलिया (१२१ अंक)

२.पाकिस्तान (१२० अंक)

३. भारत (११४ अंक)

४. न्युजिल्याण्ड (१०६ अंक)

५. इंग्ल्याण्ड (९९ अंक)

६. दक्षिण अफ्रिका (९७ अंक)

७. बंगलादेश (९२ अंक)

८. श्रीलंका (९२ अंक)

९. अफगानिस्तान (८० अंक)

१०. वेस्ट इन्डिज (६८ अंक)

यस बिषयमा तपाइको प्रतिक्रिया...!