मेस्सीको गोलमा इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौँ | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो ।


मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले १–१ गोल गरेका थिए । भने फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका थिए ।

योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

यो जितसँगै मियामी क्लबको इतिहासमा कुनै पनि प्रतियोगितामा पहिलो पटक उपाधि नजिक पुगेको छ ।

इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!