स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

Posted on: 15 Aug, 2023

एजेन्सी | स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार खेलिने छ । स्पेन र स्विडेनबीचको सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । 


पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि अन्त्यतिरमात्र तीनवटै गोल भएको थियो । तीनवटै गोल आठ मिनेटको बीचमा भएको थियो । निर्धारित समयको ८१औं मिनेटमा स्पेनका लागि सलमा सेलेस्टी आइनगोनोले पहिलो गोल गरेकी थिइन् ।

तर, स्पेनको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ८८औं मिनेटमा स्विडेनका लागि रेबेका ब्लोमभिष्टले जवाफी गोल गरिन् । त्यसको एक मिनेटपछि नै स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!