प्रिमियर लिग: हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको सानदार विजयी सुरुवात

Posted on: 12 Aug, 2023

साउन २७, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले सानदार विजयी सुरुवात गरेको छ ।

शुक्रबार राती भएको प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै सिटीले जित निकालेको हो ।


बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरेका थिए ।

गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडी हालान्डलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो । 


३६ औँ मिनेटमा हालान्डले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । 

सिटीले अब युरोपेली सुपर कपमा बुधबार सेभिल्लाको सामना गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!