एसीसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेल पाकिस्तान 'ए' संग आज खेल्दै नेपाल

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत आज (शुक्रबार) नेपालले पाकिस्तान ए को सामना गर्दैछ। समूह ‘बी’को खेल नेपाली समयानुसार शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु हुनेछ। 

पाकिस्तानको ए टोली रहेपनि केही चर्चित अनुहार टोलीमा रहेका छन्। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ। 

नेपालको टोली भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ। आज (शुक्रबार) नै अर्को खेल भारत र युएईबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह ‘बी’मा रहेको नेपालले आफ्नो दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!