विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका गए सन्दीप लामिछाने

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्।

सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुनेछन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन्।

बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन्। तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका गएका हुन्।

दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपालले बिहीबार स्कटल्याण्ड तथा शनिबार नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्न लागेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!