ब्रेकफेल भएको टेम्पो जब पार्किङभित्र छिरेपछि ४ वटा कारमा क्षति

Posted on: 23 Feb, 2023

फागुन ११, काठमाडौं | ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर ठुलो दुर्घटनाबाट जोगिएको छ। अनामनगरबाट  रत्नपार्फ गइरहेको बा१ह ३७४४ नम्बरको टेम्पो न्यु प्लाजा नजिकैको पार्किङमा छिराएको थियो । 

पार्किङ भित्र रहेका ४ वटा कारमा ठोक्किएको छ। दुर्घटनामा परेर टेम्पोका चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ।

ब्रेक नलागेपछि टेम्पोलाई दायाँतर्फ रहेको पार्किङ भित्र छिराइएको थियो । टेम्पोमा ब्रेक फेल भएपछि टेम्पो चालकले खाली ठाउँ खोज्दै हिँडेका थिए । त्यही क्रममा न्यु प्लाजामा रहेको प्राइम कमर्सियल बैंकको पार्किङ भित्र पसेको थियो। टेम्पो भित्र छिरेपछि पार्किङ रहेका कारहरूलाई ठक्कर दिएको थियो । जसले गर्दा कारहरूमा पनि क्षति पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!