४ लाख ३५ हजार नक्कली नोटसहित दुई पक्राउ

Posted on: 05 Feb, 2023

माघ २२, सिराहा | सिरहाबाट सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले ४ लाख ३५ हजार नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । 

सिरहाको लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट लहान नगरपालिका-१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान नगरपालिका-१० का २२ वर्षीय मोहम्मद राज शेख पक्राउ परेका हुन् ।


उनीहरुको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!