प्रेस सेन्टर नेपाल बैतडी अध्यक्षमा ढुङ्गाल

Posted on: 17 Sep, 2016

असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने नाराका साथ सम्पन्न सम्मेलनबाट मिलनप्रकाश ढुङ्गालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

शुक्रबार सदरमुकामस्थित दनपाको हलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा चन्द्रकान्त अवस्थी, सचिवमा गम्भीर दयाल, सहसचिवमा विमला भट्ट,  र कोषाध्यक्षमा प्रकाश भट्टलाई चयन गरेको छ । त्यसैगरी, सदस्यमा करुणाकर भट्ट, बसन्ती भट्ट, नविन अवस्थी, हरिशंकर जोशी, रिजु बराल चयन भएका छन् । जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमूख अतिथि एवम् प्रमूख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जिल्लामा क्रियाशील पत्रकारहरु र स्थानिय प्रशासनको सहकार्यमा उत्पीडनमा परेका जनताका समस्याको सम्बोधन हुनेगरेको भन्दै जिल्लामा प्रेस सोतन्त्रतामाथि चोट पु¥याउने कार्य हुन नदिने प्रतिबद्धता जनाउनु भयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रहरी प्रमूख डिएसपी बालनरसिह राणाले पत्रकार र प्रहरी सम्बन्ध सुमधुर रहनुपर्ने भन्दै पत्रकारितामा शुदताको खाँचो औल्याउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्ट अदित्यले प्रेस सेन्टर नेपाल   बैतडीको नयाँ नेतृत्वले निश्पक्षरुपमा उत्पीडित वर्गको लागि कलम चलाउने विश्वास व्यक्त गर्नु भयो । यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य गोकर्ण दयालले प्रगतिशिल तथा परिवर्तन चाहाने पत्रकारहरुको हकहितमा प्रेस सेन्टर नेपाल प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उद्यघाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रमूखख एवम् प्रतिनिधि, सरकारी एवम् गैरसरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संगठन तथा मिडियामा आवद्ध पत्रकार एवम् सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैविच, सम्मेलनबाट जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । पत्रकार माहासंघका अध्यक्ष नरेन्द्र भट्ट, उपाध्यक्ष गोकर्ण दयाल, लक्ष्मी विजले, भगिरथ अवस्थी, विरा गडाल, नरि बडु, महेश अवस्थी, अमर भट्टराईलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपालको आसन्न क्षेत्रिय र केन्द्रिय सम्मेलनको तयारी स्वरुप अहिले जिल्ला सम्मेलन सम्पन्न भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!